व्यवस्थाका एक जना पण्डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” उहाँले तिनलाई भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?” तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्यसै गर, र तिमी जिउनेछौ।” तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?” येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए। संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एक जना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो।
लूका 10 पढ्नुहोस्
सुन्नुहोस् लूका 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 10:25-33
4 Days
In a world where so much division and tension exists, we’d all be better off if we learned to love others—even if it’s inconvenient or uncomfortable. In this 4-day plan, we’ll discuss who our neighbors are and how to love them.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू