यहोशू 7:13-15

यहोशू 7:13-15 NCV

“उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ। “ ‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्‍नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्‍नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्‍नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्। अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्‍ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’ ”

यहोशू 7 पढ्नुहोस्