यहोशू 7:13-15
यहोशू 7:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“उठ्, मानिसहरूलाई शुद्ध पार्, र तिनीहरूले भोलिको निम्ति आफैलाई शुद्ध राख्नू भन्, किनकि परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘हे इस्राएल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्यो अर्पित माल नफ्याँकुञ्जेल तिमीहरूका शत्रुहरूका सामुन्ने तिमीहरू खड़ा हुन सक्दैनौ। “‘यसकारण बिहान तिमीहरू आ-आफ्नो कुलअनुसार नजिकै आउनू र जुन कुललाई परमप्रभुले पक्रनुहुन्छ, त्यो सन्तान-सन्तान गरी नजिक आओस्, र जुन सन्तानलाई परमप्रभु पक्रनुहुन्छ, सो परिवार-परिवार गरी नजिक आओस्, र जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्छ, त्यसबाट एक-एक मानिस गरी नजिक आओस्। अनि जो मानिस अर्पित मालसमेत पक्राउ पर्छ, त्यो र त्यसको साथमा भएका जम्मै आगोमा जलाइनेछन्, किनभने त्यसले परमप्रभुको करार भङ्ग गरेको छ, र त्यसले इस्राएलमा घृणास्पद काम गरेको छ’।”
यहोशू 7:13-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ। “ ‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्। अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’ ”
यहोशू 7:13-15 पवित्र बाइबल (NERV)
“अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्। “‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्। त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।’”
यहोशू 7:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“उठ्! मानिसहरूलाई चोख्या र मेरो अघि आउन तयार पार्। तिनीहरूलाई भोलि तयार रहनू भन् किनभने म परमप्रभु इस्राएलका परमेश्वरको भन्नुपर्ने कुरा यस्तो छ, ‘हे इस्राएल, तँसित यस्ता कति चीज छन् जुन नाश पार्नुपर्ने थियो। ती चीजहरू नहटाउन्जेलसम्म तैँले तेरा शत्रुको सामना गर्न सक्नेछैनस्।’ यसर्थ तिनीहरूलाई भन् कि भोलि बिहान तिनीहरू कुल-कुल भएर अघि आउनेछन्। मैले चुनेको कुल, गोत्र-गोत्रका हिसाबले अघि आउनेछ। त्यहाँबाट मैले चुनेको गोत्र, परिवार-परिवारका हिसाबले अघि आउनेछ। मैले फेरि चुनेका परिवारका मानिसहरू एक-एक जना गरी सामुन्ने आउनेछन्। त्यसपछि जुन मानिस छुट्ट्याइन्छ र जोसित ती श्रापित चीजबीज पाइनेछ, त्यो आफ्ना परिवार र सारा सम्पत्तिसमेत आगोमा भस्म गरिनेछ किनभने त्यसले इस्राएलमा एउटा ठूलो लाजको कुरो ल्याएको छ र मसितको करार भङ्ग गरेको छ।”