त्यस बेला याहवेहले यहोशूलाई भन्नुभयो, “दर्शन-ढुङ्गाका कर्दहरू बनाएर इस्राएलीहरूलाई फेरि खतना गर्।” यसकारण यहोशूले दर्शन-ढुङ्गाका कर्दहरू बनाए। अनि इस्राएलीहरूलाई गिबियथ-हारालोथमा खतना गरे। तिनले खतना गर्नुको कारण यो थियो: इजिप्टबाट निस्किएर आएका लडाइँमा जान सक्ने उमेर भएका सबै मानिसहरू, इजिप्ट छोडेपछि उजाडस्थानको बाटैमा मरिसकेका थिए। इजिप्टबाट निस्किआएका सबै पुरुषहरूका खतना भइसकेको थियो। तर इजिप्टबाट निस्किएर आएपछि उजाडस्थानको यात्रामा जन्मेका सबै मानिसहरूको चाहिँ खतना भएको थिएन।
यहोशू 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 5:2-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू