त्यस बेला परमप्रभुले यहोशूलाई भन्नुभयो, “पत्थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्ट इस्राएलीहरूलाई खतना गर्।” तब यहोशूले पत्थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे। यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात् योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्केपछि उजाड़-स्थानको यात्रामा मरिसकेका थिए। मिश्रदेशबाट जति निस्केर आएका थिए, ती सबैको खतना भएकै थियो। तर मिश्रदेशबाट निस्केपछि उजाड़-स्थानको यात्रामा जन्मेका जति कसैको पनि खतना भएको थिएन।
यहोशू 5 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 5:2-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू