यहोशू 5:2-5

यहोशू 5:2-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “पत्‍थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्‍ट इस्राएलीहरूलाई खतना गर्‌।” तब यहोशूले पत्‍थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे। यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात्‌ योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा मरिसकेका थिए। मिश्रदेशबाट जति निस्‍केर आएका थिए, ती सबैको खतना भएकै थियो। तर मिश्रदेशबाट निस्‍केपछि उजाड़-स्‍थानको यात्रामा जन्‍मेका जति कसैको पनि खतना भएको थिएन।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्

यहोशू 5:2-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस बेला याहवेहले यहोशूलाई भन्‍नुभयो, “दर्शन-ढुङ्गाका कर्दहरू बनाएर इस्राएलीहरूलाई फेरि खतना गर्।” यसकारण यहोशूले दर्शन-ढुङ्गाका कर्दहरू बनाए। अनि इस्राएलीहरूलाई गिबियथ-हारालोथमा खतना गरे। तिनले खतना गर्नुको कारण यो थियो: इजिप्टबाट निस्किएर आएका लडाइँमा जान सक्ने उमेर भएका सबै मानिसहरू, इजिप्ट छोडेपछि उजाडस्थानको बाटैमा मरिसकेका थिए। इजिप्टबाट निस्किआएका सबै पुरुषहरूका खतना भइसकेको थियो। तर इजिप्टबाट निस्किएर आएपछि उजाडस्थानको यात्रामा जन्मेका सबै मानिसहरूको चाहिँ खतना भएको थिएन।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्

यहोशू 5:2-7 पवित्र बाइबल (NERV)

त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शिन ढुङ्गाबाट कर्दहरूबनाऊ अनि इस्राएलका मानिसहरूको खतना गर।” यसकारण यहोशूले दर्शिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ-हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए। यसैकारण यहोशूले मानिसहरूको खतना गरे। इस्राएलका मानिसहरूले मिश्रदेश छाडे पछि सबै मानिसहरू जो सेनामा रहन योग्यका थिए, खतना गरिदिए। यद्यपि मरुभूमिमा हुँदा धेरै जना लडाकू योद्धाहरूले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले यो प्रतिज्ञा गर्नु भएको थियो, “ती मानिसहरूले त्यो देश जहाँ प्रशस्त खाद्य वस्तुहरू उम्रन्छ सो देख्न पाउने छैनन्।” परमप्रभुले हामीलाई भूमि दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नु भएको थियो, तर, ती मानिसहरूका कारण परमेश्वरले मानिसहरूलाई मरुभूमिमा चालीस बर्षसम्म यता, उता घुम्न बाध्य गराउनु भयो जबसम्म ती सबै लडाकू मानिसहरू मरेनन् अनि तिनीहरूका छोराहरूले तिनीहरूका स्थान लिए। तर, मिश्रदेशबाट यात्रा गरेको बेला मरुभूमिमा जन्मेका कुनै केटाहरूको खतना भएको थिएन। यसकारण यहोशूले तिनीहरूको खतना गरिदिए।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्

यहोशू 5:2-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “दर्शन ढुङ्गाका छुराहरू बनाई इस्राएलीहरूको खतना गर्‌।” तब यहोशूले परमप्रभुको आज्ञाअनुसार गरे र खतनाको डाँडा भन्‍ने ठाउँमा इस्राएलीहरूको खतना गरे। जब इस्राएलका मानिसहरूले मिश्र छोडे, सबै पुरुषहरूका खतना भइसकेको थियो। तर उजाड-स्‍थान पार गर्नलाई तिनीहरूले बिताएका चालीस वर्षभरि जन्‍मेका बालकहरूको खतना भएको थिएन। त्‍यो समय बितिसक्‍दा जति जना पुरुषहरू मिश्रबाट निस्‍किआउँदा लडाइँ गर्ने उमेरका थिए, तिनीहरू सबै मरिसकेका थिए किनभने तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन्। उहाँले तिनीहरूलाई आफ्‍नो शपथअनुसार तिनीहरूका पुर्खालाई दिने प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देश हेर्न दिनुभएन।

शेयर गर्नुहोस्
यहोशू 5 पढ्नुहोस्