यहोशू 24:2-3

यहोशू 24:2-3 NCV

यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे। तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्‍याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ।

यहोशू 24 पढ्नुहोस्