यहोशू 24:2-3

यहोशू 24:2-3 NNRV

यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘उहिले अब्राहाम र नाहोरका बुबा तेरह, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदी पारि बस्‍थे, र तिनीहरूले अरू देवताहरू पुज्‍दथे। तर मैले तिमीहरूका पुर्खा अब्राहामलाई यूफ्रेटिस नदी पारिबाट ल्‍याएँ, र त्‍यसलाई कनान देशका चारै दिशामा डोर्‍याएँ र त्‍यसका सन्‍तान वृद्धि गरें। मैले त्‍यसलाई इसहाक दिएँ।