यहोशू 24:2-3
यहोशू 24:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘उहिले अब्राहाम र नाहोरका बुबा तेरह, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदी पारि बस्थे, र तिनीहरूले अरू देवताहरू पुज्दथे। तर मैले तिमीहरूका पुर्खा अब्राहामलाई यूफ्रेटिस नदी पारिबाट ल्याएँ, र त्यसलाई कनान देशका चारै दिशामा डोर्याएँ र त्यसका सन्तान वृद्धि गरें। मैले त्यसलाई इसहाक दिएँ।
यहोशू 24:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे। तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ।
यहोशू 24:2-3 पवित्र बाइबल (NERV)
यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः ‘धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गर्थे। तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ।
यहोशू 24:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘धेरै वर्षअघि तिम्रा पुर्खाहरू यूफ्रेटिस नदीको पल्लोपट्टि बास गर्थे र अरू देव-देवता पुज्दथे। ती पुर्खाहरूमध्ये एक जना अब्राहाम र नाहोरका बुबा तेरह थिए। तब यूफ्रेटिस पारिका देशबाट मैले तिम्रा पुर्खा अब्राहामलाई निकालें र सारा कनान देशमा चारैतिर डोर्याएर लगें। मैले त्यसलाई धेरै सन्तान दिएँ। त्यसलाई इसहाक दिएँ