योना 4:1-4

योना 4:1-4 NCV

तर योनालाई यो कुरा एकदमै गलत लाग्यो र तिनी साह्रै रिसाए। तिनले याहवेहलाई यसरी प्रार्थना गरे, “हे याहवेह, म घरमा हुँदा नै मैले यो कुरा भनेको थिइनँ र? त्यसैले म तर्शीशतिर भागेर जान हतारिएको थिएँ। मलाई थाहा थियो, कि तपाईं अनुग्रहकारी, दयालु, रिसाउनमा ढिलो र प्रेममा भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ, जो विपत्ति पठाउनुहुँदा खुशी हुनुहुन्‍न। अब, हे याहवेह, मेरो प्राण लिनुहोस्; किनकि मेरा निम्ति बाँच्नुभन्दा त बरु मर्नु नै असल हुनेछ।” तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?”

योना 4 पढ्नुहोस्