तर यो कुरा योनालाई साह्रै मन परेन र उनी रिसाए। अनि उनले यसरी प्रार्थना गरे, “परमप्रभु, तपाईंले यस्तै नै गर्नुहुन्छ भनेर मैले घरबाट निस्कनुअघि नै भनेको थिइनँ र? त्यही कारणले मैले तर्शीशमा भागी जाने सक्दो चेष्टा गरें। तपाईं प्रेमी, कृपालु, सदा धीरजी, सदा दयालु परमेश्वर हुनुहुन्छ, तपाईंले आफ्नो मन बदल्नुहुन्छ र दण्ड दिनुहुन्न भनी म जान्दथें। परमप्रभु, अब मलाई मर्न दिनुहोस्। मलाई अब बाँच्नुभन्दा त मर्नु नै असल छ।” परमप्रभुले जवाफ दिनुभयो, “तँलाई रिसाउने के हक छ?”
योना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योना 4:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू