यर्मिया 3:6-10

यर्मिया 3:6-10 NCV

राजा योशियाहको शासनकालमा याहवेहले मलाई भन्‍नुभयो, “इस्राएलले कस्तो विश्‍वासघाती काम गरेको छ, के तैँले देखेको छस्? इस्राएल प्रत्येक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएर त्यसले त्यहाँ व्यभिचार गरेकी छे। इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्‍ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्‍वासी बहिनी यहूदाले यो कुरा देखी। मैले अविश्‍वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्‍वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी। किनकि इस्राएलको अनैतिक चरित्र त्यसको निम्ति केहीजस्तो लागेन, त्यसले ढुङ्गा र काठसित व्यभिचार गरेर देशलाई बिटुलो पारेकी छे। यी सबै कुरा भएर पनि त्यसकी विश्‍वासघाती बहिनी यहूदा मतिर सम्पूर्ण हृदयले होइन, तर त्यसले फर्केको बहाना मात्र गरेकी छे,” याहवेह घोषणा गर्नुहुन्छ।

यर्मिया 3 पढ्नुहोस्