यर्मिया 3:6-10
यर्मिया 3:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासी इस्राएलले के गर्यो, के तैंले देखेको छस्? त्यो गएर हरेक डाँड़ामा र हरेक झ्याम्म परेको रूखमुनि त्यसले व्यभिचार गरेकी छ। त्यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्यो फर्किन, र त्यसकी विश्वासघाती बहिनीले त्यो देखी। त्यस अविश्वासी इस्राएलका सबै व्यभिचारको कारण मैले त्यसलाई त्यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्यसकी विश्वासघाती बहिनी यहूदा डराइन, तर गएर त्यसले पनि वेश्यावृत्ति गरी। वेश्यावृत्ति इस्राएलको निम्ति यति सजिलो कुरा भयो, कि त्यसले ढुङ्गा र रूखसित व्यभिचार गरेर देशलाई बिटुलो पारी। यी सबै भए तापनि त्यसकी विश्वासघाती बहिनी यहूदा, पूर्ण हृदयले त होइन, तर बाहिरी रूपले मात्र मतिर फर्किइ,” परमप्रभु भन्नुहुन्छ।

यर्मिया 3:6-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजा योशियाहको शासनकालमा याहवेहले मलाई भन्नुभयो, “इस्राएलले कस्तो विश्वासघाती काम गरेको छ, के तैँले देखेको छस्? इस्राएल प्रत्येक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएर त्यसले त्यहाँ व्यभिचार गरेकी छे। इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्वासी बहिनी यहूदाले यो कुरा देखी। मैले अविश्वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी। किनकि इस्राएलको अनैतिक चरित्र त्यसको निम्ति केहीजस्तो लागेन, त्यसले ढुङ्गा र काठसित व्यभिचार गरेर देशलाई बिटुलो पारेकी छे। यी सबै कुरा भएर पनि त्यसकी विश्वासघाती बहिनी यहूदा मतिर सम्पूर्ण हृदयले होइन, तर त्यसले फर्केको बहाना मात्र गरेकी छे,” याहवेह घोषणा गर्नुहुन्छ।
यर्मिया 3:6-10 पवित्र बाइबल (NERV)
योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि ऊ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई। मैले आफैंलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर ऊ मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बहिनी यहूदाले देखी। इस्राएल अविश्वासी थिए अनि तिनले चालपाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चालपाई कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं काम गर्नु लागि। यहूदाले आफू वेश्या झैं काम गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी। इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो।
यर्मिया 3:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
योशियाह राजा छँदा परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासयोग्य स्त्रीले जस्तै इस्राएलले के-के गर्यो, के तैँले देखिस्? त्यसले मतिर आफ्नो पिठिउँ फर्काई र हरेक डाँडामा र हरेक हरियो रूखमुनि व्यभिचार गरी। मैले सोचेको थिएँ कि त्यसले ती सबै काम गरिसकेपछि मतिर निश्चय फर्कनेछे तर त्यो फर्किन। त्यसकी अविश्वासी बहिनी यहूदाले पनि त्यो देखी। मलाई त्यागेर वेश्या बनेकी हुनाले मैले इस्राएललाई त्यागेर घरबाट धपाइदिएको देखेर पनि त्यसकी अविश्वासी बहिनी यहूदाले केही डर मानिन। उल्टो त्यो पनि लाज नमानी वेश्या भई। त्यसले देश अपवित्र पारी, रूख र ढुङ्गाहरू पुजेर व्यभिचार गरी। त्यसपछि इस्राएलकी अविश्वासयोग्य बहिनी यहूदाले मतिर फर्केजस्तो गरिटोपली तर त्यसको हृदय भने मतिर फर्केन। म परमप्रभु बोलेको छु।”