“तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने याहवेह यसो भन्नुहुन्छ: म नै तेरा याहवेह हुँ, जसले सबै कुराहरू बनाउनुभएको छ; जसले आकाशलाई फैलाउनुभयो, र पृथ्वीलाई फिँजाउनुभयो; जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ; जसले बुद्धिमान्हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ; “जसले उहाँका सेवकहरूका वचनहरू पक्का गर्नुहुन्छ, र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ। जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’ र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’ र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्नुहुन्छ। जसले गहिरा पानीलाई भन्नुहुन्छ, ‘सुकिजा! म तेरा खोलाहरूलाई सुकाउनेछु’, जसले कोरेसलाई भन्नुहुन्छ, ‘त्यो मेरो गोठालो हो र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ। उहाँले यरूशलेमलाई भन्नुहुन्छ, “त्यो पुनर्निर्माण गराइओस्,” र मन्दिरलाई “यसको जग बसालिओस्।” ’
यशैया 44 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 44:24-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू