यशैया 44:24-28

यशैया 44:24-28 सरल नेपाली

“म परमप्रभु, तेरो मुक्तिदाता हुँ, तँलाई सृजना गर्ने म नै हुँ, सारा थोक बनाउने परमप्रभु म नै हुँ। म एक्‍लैले आकाश टाँगेको हुँ, मैले पृथ्‍वी बनाउँदा कसैले मलाई सघाएन। म जोखाना हेरी भविष्‍य बताउनेहरूलाई मूर्ख बनाउँदै छु, म ज्‍योतिषीहरूको अगमवाणी झूटो तुल्‍याउँदछु। म बुद्धिमान्‌हरूको खण्‍डन गर्दछु। तिनीहरूको बुद्धिमानी कुरा मूर्खता हो भनी देखाइदिन्‍छु। तर जब मैले अगमवाणी गर्न मेरो सेवकलाई पठाउनेछु, तब म आफ्‍ना योजना जनाउन दूत पठाउँदछु, तब म ती अगमवाणी र योजनाहरू पक्‍का गराउँदछु। यरूशलेममा मानिसहरू फेरि बसोबास गर्नेछन् भनी म यरूशलेमलाई भन्‍दछु र यहूदाका सहरहरूलाई भन्‍दछु कि ती नयाँ गरी बसालिनेछन्। ती सहरहरू विनाशबाट उठेर खडा हुनेछन्। एउटा आज्ञाको शब्‍दले म महासागरहरू सुख्‍खा पार्दछु। म कोरेसलाई भन्‍दछु, ‘तँ मेरो गोठालो होस्, म जे चाहन्‍छु, त्‍यो तैँले गर्नेछस्, यरूशलेम फेरि बनाउने र मन्‍दिरका जग फेरि बसाल्‍ने आज्ञा तैँले दिनेछस्’।”

यशैया 44 पढ्नुहोस्