हबकूक अगमवक्ताले पाएका भविष्यवाणी यही हो। हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? “हिंसा!” भनी मैले तपाईंलाई कहिलेसम्म पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ? किन तपाईं अत्याचार सहनुहुन्छ? मेरो सामु हिंसा र विनाश भइरहेका छन्; झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्। यसकारण कानुन-व्यवस्था मन्द भएको छ; अनि न्यायाधीशहरूले कहिल्यै असल न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्; यसकारण न्यायको दुरुपयोग हुन्छ।
हबकूक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हबकूक 1:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू