उत्पत्ति 11:4-7

उत्पत्ति 11:4-7 NCV

त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।” तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो। त्यसपछि याहवेहले भन्‍नुभयो, “यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन। आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।”

उत्पत्ति 11 पढ्नुहोस्