प्रेरित 3:4-9

प्रेरित 3:4-9 NCV

पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!” त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्‍यो। पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।” यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो। जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे

प्रेरित 3 पढ्नुहोस्

प्रेरित 3:4-9 को लागि भिडियो