प्रेरित 3:4-9

प्रेरित 3:4-9 सरल नेपाली

उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्‌!” यो सुनेर उसले केही पाउँछु कि भन्‍ने आशा लिएर हेर्‍यो। पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्‍यही म तिमीलाई दिन्‍छु। नासरतको येशू ख्रीष्‍टको नाउँमा उठेर हिँडिहाल्।” यसो भनेर उनले त्‍यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्‍यति नै खेर त्‍यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए र ऊ उभिएर हिँड्‍न लाग्‍यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्‍वरको स्‍तुति प्रशंसा गर्दै उनीहरूसँग मन्‍दिरभित्र पस्‍यो। यसरी भित्र पस्‍दा धेरै मानिसहरूले उसलाई हिँडेको र परमेश्‍वरको प्रशंसा गरेको देखे।

प्रेरित 3 पढ्नुहोस्

प्रेरित 3:4-9 को लागि भिडियो