प्रेरित 3:4-9
प्रेरित 3:4-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यूहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्!” तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्!” तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। अनि जुरुक्कै उठेर त्यो खड़ा भयो र हिँड्न थाल्यो, र हिँड्दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। तब सबै मानिसहरूले त्यसलाई हिँड्दैगरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे।
प्रेरित 3:4-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पत्रुस र यूहन्नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!” त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्यो। पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाममा तिमी हिँडिहाल।” यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। त्यो आफ्नो खुट्टाका बलले बुरुक्क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो। जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे
प्रेरित 3:4-10 पवित्र बाइबल (NERV)
पत्रुस र यूहन्नाले त्यस लङ्गडो मानिसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, “हामीलाई हेर!” त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। तर पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।” त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो। त्यो मानिस उफ्रियो र जुरूक्क उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो। सबै मानिसहरूले उसलाई चिने कि त्यो मानिस लङ्गडो थियो र उ प्रत्येक दिन मन्दिरको सुन्दर द्वारको सामु बसेर पैसा माग्दथ्यो। अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्।
प्रेरित 3:4-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्!” यो सुनेर उसले केही पाउँछु कि भन्ने आशा लिएर हेर्यो। पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरतको येशू ख्रीष्टको नाउँमा उठेर हिँडिहाल्।” यसो भनेर उनले त्यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्यति नै खेर त्यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए र ऊ उभिएर हिँड्न लाग्यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्वरको स्तुति प्रशंसा गर्दै उनीहरूसँग मन्दिरभित्र पस्यो। यसरी भित्र पस्दा धेरै मानिसहरूले उसलाई हिँडेको र परमेश्वरको प्रशंसा गरेको देखे।