सहरको मूलढोकामा चार जना कुष्ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “हामी किन यहाँ मृत्युको पर्खाइमा बस्ने? यदि हामीले ‘हामी सहरभित्र जाऔँ’ भन्यौँ भने त्यहाँ अनिकाल लागेको छ र हामी मर्नेछौँ। अनि हामी यहीँ बसिरह्यौँ भने तापनि हामी मर्नेछौँ। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर आत्मसमर्पण गरौँ। यदि तिनीहरूले हामीलाई जीवित छोडिदिए भने हामी बाँचौँला। यदि तिनीहरूले हामीलाई मारे भने जसरी पनि हामीले मर्नु नै छ।” तब तिनीहरू साँझमा उठेर अरामीहरूका छाउनीमा गए। तिनीहरू छाउनीको छेउमा पुग्दा, त्यहाँ एउटै मानिस पनि थिएन। किनकि प्रभुले अरामीहरूलाई रथहरू, घोडाहरू र ठूलो फौजको आवाज सुन्न लगाउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा भने, “हेर, हामीलाई आक्रमण गर्न भनी इस्राएलका राजाले हित्तीहरू र इजिप्टका राजाहरूलाई भाडामा लिएका छन्!” यसकारण तिनीहरू साँझमा आफ्ना पालहरू, घोडाहरू र गधाहरू छोडेर भागे। तिनीहरूले छाउनीलाई जस्ताको त्यस्तै छोडेर ज्यान बचाउन भागे। कुष्ठरोग लागेका ती मानिसहरू छाउनीका किनारमा पुगे, र तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खानपिन गरे। अनि चाँदी, सुन र लुगाहरू लिएर गए; र ती सामानहरू लुकाए। तिनीहरू फर्केर अर्को पालभित्र पसे, र त्यहाँबाट पनि केही सामानहरू लिए; तब तिनीहरूले ती चीजहरू लुकाए। तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले यो ठिक काम गरिरहेका छैनौँ। आजको दिन शुभ समाचारको दिन हो। तर हामी यत्तिकै चुप लागिरहेका छौँ। यदि हामीले उज्यालो होउन्जेल पर्खिरह्यौँ भने हामीमाथि दण्ड आइपर्नेछ। यसकारण हामी झट्टै जाऔँ, र यस समाचारलाई राजमहलमा बताइदिऔँ।”
2 राजाहरू 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 राजाहरू 7:3-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू