२ राजाहरू 7:3-9

२ राजाहरू 7:3-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब त्‍यस सहरको मूल ढोकानेर बस्‍ने चार जना कुष्‍ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्‍जेल किन बस्‍ने? यदि ‘हामी सहरभित्र जाऔं’ भनी भन्‍यौं भने, त्‍यहाँ अनिकाल छ र हामी मर्नेछौं। अनि यहाँ बस्‍यौं भने पनि हामी मर्नेछौं। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोड़िदिए भने हामी बाँच्‍नेछौं। यदि मारे भने पनि हामी मर्नेछौं।” तब तिनीहरू साँझपख उठेर अरामीहरूको छाउनीतिर गए। जब तिनीहरू छाउनीको छेउमा आइपुगे, तिनीहरूले त्‍यहाँ एउटै मानिस पनि देखेनन्‌। किनकि परमप्रभुले अरामीहरूलाई रथहरू, घोड़ाहरू र एक ठूलो सेनाको आवाज सुन्‍न लाउनुभएको थियो, ताकि उनीहरूले एक-अर्कालाई भने, “हेर त, इस्राएलका राजाले त हामीलाई आक्रमण गर्न हित्ती र मिश्रदेशका राजाहरूलाई भाड़ामा ल्‍याएका छन्‌।” यसैकारण उनीहरू साँझमा आफ्‍ना पालहरू, घोड़ाहरू र गधाहरू छोड़ेर ज्‍यान बचाएर भागेका थिए। छाउनी पनि त्‍यसै लथालिङ्गै थिए। ती कुष्‍ठरोग लागेका मानिसहरू छाउनीको छेउमा पुगे र पालहरूमध्‍ये एउटामा पसेर तिनीहरूले खानपान गरे, अनि सुन र चाँदी र लुगाहरू अन्‍यत्र लगेर लुकाइराखे। त्‍यसपछि तिनीहरू फेरि आएर अर्को पालमा पसे र चीजबीज लगेर ती पनि लुकाइराखे। तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले गरेको यो काम असल होइन। आज त शुभ समाचारको दिन रहेछ, र हामी भने चूपै लागेर बसेका छौं। भोलि बिहानसम्‍म पर्खिरह्यौं भने हामीलाई सजाय हुनेछ। अब हामी झट्टै गएर राजमहलमा यो खबर दिऔं।”

शेयर गर्नुहोस्
२ राजाहरू 7 पढ्नुहोस्

२ राजाहरू 7:3-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सहरको मूलढोकामा चार जना कुष्‍ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “हामी किन यहाँ मृत्युको पर्खाइमा बस्‍ने? यदि हामीले ‘हामी सहरभित्र जाऔँ’ भन्यौँ भने त्यहाँ अनिकाल लागेको छ र हामी मर्नेछौँ। अनि हामी यहीँ बसिरह्‍यौँ भने तापनि हामी मर्नेछौँ। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर आत्मसमर्पण गरौँ। यदि तिनीहरूले हामीलाई जीवित छोडिदिए भने हामी बाँचौँला। यदि तिनीहरूले हामीलाई मारे भने जसरी पनि हामीले मर्नु नै छ।” तब तिनीहरू साँझमा उठेर अरामीहरूका छाउनीमा गए। तिनीहरू छाउनीको छेउमा पुग्दा, त्यहाँ एउटै मानिस पनि थिएन। किनकि प्रभुले अरामीहरूलाई रथहरू, घोडाहरू र ठूलो फौजको आवाज सुन्‍न लगाउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा भने, “हेर, हामीलाई आक्रमण गर्न भनी इस्राएलका राजाले हित्तीहरू र इजिप्टका राजाहरूलाई भाडामा लिएका छन्!” यसकारण तिनीहरू साँझमा आफ्ना पालहरू, घोडाहरू र गधाहरू छोडेर भागे। तिनीहरूले छाउनीलाई जस्ताको त्यस्तै छोडेर ज्यान बचाउन भागे। कुष्‍ठरोग लागेका ती मानिसहरू छाउनीका किनारमा पुगे, र तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खानपिन गरे। अनि चाँदी, सुन र लुगाहरू लिएर गए; र ती सामानहरू लुकाए। तिनीहरू फर्केर अर्को पालभित्र पसे, र त्यहाँबाट पनि केही सामानहरू लिए; तब तिनीहरूले ती चीजहरू लुकाए। तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले यो ठिक काम गरिरहेका छैनौँ। आजको दिन शुभ समाचारको दिन हो। तर हामी यत्तिकै चुप लागिरहेका छौँ। यदि हामीले उज्यालो होउन्जेल पर्खिरह्‍यौँ भने हामीमाथि दण्ड आइपर्नेछ। यसकारण हामी झट्टै जाऔँ, र यस समाचारलाई राजमहलमा बताइदिऔँ।”

शेयर गर्नुहोस्
२ राजाहरू 7 पढ्नुहोस्

२ राजाहरू 7:3-9 पवित्र बाइबल (NERV)

शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं? सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौं भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौं भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस्न दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।” यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन। परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।” अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे। जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए। ती कोरीहरूले एका अर्कालाई भने, “हामी भूल काम गरिरहेका छौं। आज हामीसित शुभ-सूचना छ। तर हामी चुप छौं। यदि हामीले सूर्योदयसम्म पर्खिने काम गर्यौं, भने हामीले सजाय पाउने छौं। अब राजा को महलमा बस्ने मानिसहरूकहाँ जाऔं अनि भनौं।”

शेयर गर्नुहोस्
२ राजाहरू 7 पढ्नुहोस्

२ राजाहरू 7:3-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सामरियाको मूल-ढोकाबाहिर चार जना कुष्ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “किन हामी नमरेसम्‍म यहाँ पर्खिबस्‍नू? सहर पस्‍नु पनि व्‍यर्थ छ, त्‍यहाँ हामी भोकै मर्नेछौं; तर यहाँ बस्‍यौं भने पनि हामी मर्ने नै छौं। बरु हामी अरामीहरूका छाउनीमा जाऔं, तिनीहरूले खुबै गरे, मार्नेछन् तर तिनीहरूले हाम्रा प्राण छोडि पनि देलान्।” रात पर्दैथ्‍यो, तिनीहरू अरामी छाउनीमा गए। छाउनीमा पुग्‍दा त्‍यहाँ कोही पनि थिएन। एउटा ठूलो सैन्‍य दल, घोडा र रथहरू साथ लिएर अघि बढ्दैआएको जस्‍तो आवाज अरामीहरूले सुने। परमेश्‍वरले नै त्‍यसो गराउनुभएको थियो। अरामीहरूले सोचे कि इस्राएलका राजाले हित्ती र मिश्री राजा र तिनका सेना लिएर हामीमाथि हमला गर्दै छन्। त्‍यसकारण त्‍यस बेलुका अरामीहरू आफ्‍ना प्राण बचाउन तम्‍बु, घोडा, गधा र छाउनी जस्‍ताको तस्‍तै छोडेर भागेका थिए। ती चार जना छाउनीको छेउमा पुगेर एउटा तम्‍बुमा पसे, त्‍यहाँ भएका थोक खाए, पिए, भेटेका सुन, चाँदी र कपडाहरू लिए र गएर ती लुकाइराखे। त्‍यसपछि फर्केर तिनीहरू अर्को तम्‍बुमा पसे र त्‍यसै गरे। तर त्‍यसपछि तिनीहरूले आपसमा कुरा गरे, “हामीले यसो गर्नुहुन्‍न! हामीसँग खुसीको खबर छ। यो लुकाइराखेर हुँदैन। भोलि बिहानसम्‍म यो कसैलाई भनेनौं भने हामीलाई अवश्‍य नै दण्‍ड हुनेछ। झट्टै गएर राजाका भारदारहरूलाई यो खबर सुनाऔं।”

शेयर गर्नुहोस्
२ राजाहरू 7 पढ्नुहोस्