2 कोरिन्थी 4:1-6

2 कोरिन्थी 4:1-6 NCV

यसकारण परमेश्‍वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ। बरु हामीले गुप्‍त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ। हामी छल गर्दैनौँ, न त परमेश्‍वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। तर हामी परमेश्‍वरको दृष्‍टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ। यदि हामीले प्रचार गरेको सुसमाचारमा घुम्टो लागेको छ भने त्यो घुम्टोचाहिँ नष्‍ट हुनेहरूकै लागि मात्र लागेको छ। परमेश्‍वरको प्रतिरूप ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्‍वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ। किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ। तर “अन्धकारमा ज्योति चम्कोस्,” भनी आज्ञा गर्नुहुने परमेश्‍वरले ख्रीष्‍टको मुहारमा देखिएको परमेश्‍वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ।

2 कोरिन्थी 4 पढ्नुहोस्