२ कोरिन्थी 4:1-6

२ कोरिन्थी 4:1-6 सरल नेपाली

परमेश्‍वरले आफ्‍नै दयामा हामीलाई यो काम दिनुभएको छ। यसकारण हामी हरेस खाँदैनौं। हामी सबै किसिमका लुकी-चोरी गरिने कुरा र नराम्रा कामहरू त्‍याग्‍छौं। हामी छल-कपटको काम गर्दैनौं। परमेश्‍वरको वचनलाई झूटो तुल्‍याउँदैनौं। हामी सत्‍यको पूर्ण उज्‍यालोमा परमेश्‍वरको अघि जिउँछौं अनि सबैले देख्‍ने गरी मान्‍छेको आँखा अगि हामीले आफैंलाई सुम्‍पेका छौं। हामीले सुनाएको सुसमाचार कसैबाट पनि लुकेको भए नाश हुनेहरूबाट मात्र लुकेको छ। यस युगको देवताले येशूमा विश्‍वास नगर्नेहरूको बुझ्‍ने शक्तिलाई नै अन्‍धो बनाइदिएको छ। ख्रीष्‍ट परमेश्‍वरकै स्‍वरूप हुनुहुन्‍छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्‍वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्‍धो बनाइदिएको छ। हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भन्‍ने कुरा प्रचार गर्छौं र हामीचाहिँ येशूको खातिर तिमीहरूकै कमारा हौं। “अन्‍धकारको बीचमा उज्‍यालो चम्‍कनेछ भन्‍नुहुने परमेश्‍वरले नै हाम्रो हृदयमा उहाँको उज्‍यालो चम्‍काउनुभएको छ। यो उज्‍यालोबाट परमेश्‍वरको कत्रो सम्‍मान् छ, त्‍यो हामी बुझ्‍छौं। साँच्‍चै यो उज्‍यालो ख्रीष्‍टको मुहारमै छ।

२ कोरिन्थी 4 पढ्नुहोस्