2 इतिहास 15:3-6

2 इतिहास 15:3-6 NCV

धेरै दिनसम्म इस्राएल सत्य परमेश्‍वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो। तर जब तिनीहरू आफ्नो सङ्कष्‍टमा याहवेह, इस्राएलका परमेश्‍वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो। ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए। परमेश्‍वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो।

2 इतिहास 15 पढ्नुहोस्