२ इतिहास 15:3-6
२ इतिहास 15:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरै समयसम्म त इस्राएल साँचो परमेश्वर, सिकाइदिने पूजाहारी र व्यवस्थाविना थियो। तर जब आफ्नो कष्टमा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्केर उहाँलाई खोजे, तब तिनीहरूले पाऊन् भनी उहाँ स्वयम् प्रकट हुनुभयो। मानिसहरू आ-आफ्ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्। सारा देशका बासिन्दाहरूले हुनसम्मको कष्ट भोग्नुपर्यो। एउटा राष्ट्रले अर्कोलाई अत्याचार गर्दै थियो, एउटा सहरले अर्को सहरलाई किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु:ख दिएर सताउनुभएको थियो।
२ इतिहास 15:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धेरै दिनसम्म इस्राएल सत्य परमेश्वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो। तर जब तिनीहरू आफ्नो सङ्कष्टमा याहवेह, इस्राएलका परमेश्वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो। ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए। परमेश्वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो।
२ इतिहास 15:3-6 पवित्र बाइबल (NERV)
धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए। तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए। दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।
२ इतिहास 15:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धेरै समयसम्म इस्राएलले साँचो परमेश्वरबिना जीवन बिताइरह्यो। तिनीहरूलाई सिकाउन पूजाहारीहरू थिएनन्, व्यवस्था नै थिएन। तर जब कष्ट आयो, तिनीहरू परमप्रभु इस्राएलका परमेश्वरतिर फर्के। तिनीहरूले उहाँलाई खोजे अनि पाए। ती दिनमा कोही पनि बिनाडर आउ-जाउ गर्न सक्दैनथे किनभने हरेक देशमा कष्ट र गड्बडी थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई सताउँथ्यो किनभने परमेश्वरले तीमाथि दु:ख र कष्ट ल्याउँदै हुनुहुन्थ्यो।