तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको विशेष सम्पत्ति र तिमीहरूले उहाँलाई अर्थात् तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक। एक समय तिमीहरू परमेश्वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ। हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ। गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्वरको महिमा गरून्।
1 पत्रुस 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 पत्रुस 2:9-12
५ दिन
हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिनु एक पटकको घटना होइन... यो त हरेक ख्रीष्टियानको लागि जीवनभरको लामो प्रक्रिया हो। चाहे तपाईँ विश्वासमा नयाँ हुनुहुन्छ वा ख्रीष्टको "दिग्गज" अनुयायी, तपाईँले यो योजना बुझ्न र लागू गर्न र विजयी ख्रीष्टियान जीवनको लागि उच्च प्रभावकारी रणनीति बनाउन सजिलो भएको पाउनुहुनेछ। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू