तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो। एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ। तर अब तिमीहरू परमेश्वरका मानिस हौ। विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ। प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
पत्रुसको पहिलो पत्र 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: पत्रुसको पहिलो पत्र 2:9-12
५ दिन
हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिनु एक पटकको घटना होइन... यो त हरेक ख्रीष्टियानको लागि जीवनभरको लामो प्रक्रिया हो। चाहे तपाईँ विश्वासमा नयाँ हुनुहुन्छ वा ख्रीष्टको "दिग्गज" अनुयायी, तपाईँले यो योजना बुझ्न र लागू गर्न र विजयी ख्रीष्टियान जीवनको लागि उच्च प्रभावकारी रणनीति बनाउन सजिलो भएको पाउनुहुनेछ। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू