1 कोरिन्थी 7:10-16

1 कोरिन्थी 7:10-16 NCV

विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्। तर यदि अलग बस्‍न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्। अरू बाँकी रहेकाहरूलाई म यो भन्‍न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्‍टमा कुनै विश्‍वासी भाइको विश्‍वास नगर्ने पत्नी छ, र पतिसँग बस्‍न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्। अनि यदि ख्रीष्‍टमा कुनै विश्‍वासी स्त्रीको विश्‍वास नगर्ने पति छ, र पत्नीसँग बस्‍न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्। किनकि विश्‍वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्‍वास नगर्ने पत्नी उसको विश्‍वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्। तर यदि अविश्‍वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्‍वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्‍वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ। हे पत्नी, तिमीलाई के थाहा, सायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?

1 कोरिन्थी 7 पढ्नुहोस्