अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्नी पतिबाट नछुटोस्। तर छुट्टिएर बसिहाले तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्। पतिले आफ्नी पत्नीलाई नत्यागोस्। तर तिमी अरूहरूलाई म भन्दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्टमा विश्वास नगर्ने पत्नी छ, र तिनी ऊसँग बस्न चाहन्छिन् भने, उसले त्यसलाई नत्यागोस्। यदि कुनै स्त्रीको ख्रीष्टमा विश्वास नगर्ने पति छ, र त्यो ऊसित बस्न चाहन्छ भने, तिनले आफ्नो पतिलाई नत्यागोस्। किनकि अविश्वासी पति आफ्नी पत्नीद्वारा पवित्र हुन्छ, र अविश्वासी पत्नी आफ्नो पतिद्वारा पवित्र हुन्छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्तवमा तिनीहरू त पवित्र छँदैछन्। तर विश्वास नगर्नेचाहिँ छुट्टिन्छ भने छुट्टिओस्। यस्तो अवस्थामा त्यो ख्रीष्टमा विश्वास गर्ने पति अथवा पत्नी कुनै बन्धनमा रहनेछैन। किनभने परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको हो। हे पत्नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
१ कोरिन्थी 7 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 7:10-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू