हे मेरी दुलही म भएकोमा आऊ, तिमी मेरो निम्ति लेबनोनबाट आऊ। तिमी मसित अमानाको चुचुरोबाट, सनीरको उचाईबाट, सिंहको गुफाबाट अनि चितुवाको पाहाडबाट आऊ। मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ। तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ। हे मेरी साथी, हे मेरी दुलही। तिम्रो माया कति सुन्दर छ। तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ, तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ। मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ, दूध र मह तिम्रो जिब्रो मुनि छ, तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आउँछ। मेरी प्रेमिका, मेरी दुलही! ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ। बन्द गरेको ताल जस्तै शुद्ध छौ। त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ। तिम्रो शरीर दारीम जस्तै छ, अनि अरू लोभ्याउने फलहरू, फूलहरू र मसलाहरूको वासनाले भरिएको बगैंचा झौं जटामसी केश दालचिनी, तिमी एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको बगैंचा झैं छौ मूर्र र यसमा सबै प्रकारको असल मसलाहरू छन्।
सुलेमानको श्रेष्ठगीत 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: सुलेमानको श्रेष्ठगीत 4:8-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू