मेरी दुलही, लेबनानबाट, लेबनानका पर्वतबाट, मसँग आऊ, अमाना पर्वतको टाकुराबाट, सिंह र चितुवा बस्ने सेनीर र हेर्मोन डाँडाबाट तिमी झरेर आऊ। हे मेरी प्रियतम, मेरी दुलही, तिम्रा आँखाको एक झलक र तिम्रो गलाको रत्नहारले मेरो हृदय मोहित पारेको छ। हे मेरी प्रियतम र दुलही, तिम्रो प्रेममा म आनन्द पाउँदछु, तिम्रो प्रेम दाखमद्यभन्दा मीठो छ, तिम्रो अत्तर सबै मसलाभन्दा अझ धेरै सुगन्धित छ। मेरी प्रियतमा, तिम्रा ओठ महझैँ मीठा छन्, तिम्रो जिब्रो मेरो निम्ति मह र दूधझैँ मीठो छ। तिम्रो वस्त्रमा लेबनानको सुगन्ध भरिएको छ। मेरी प्रियतमा, मेरी दुलही पर्खालले घेरेको बगैँचा र कसैको निजी फोहोराजस्तै हो, जहाँ फलका बोटहरू प्रशस्त फुल्छन्-फल्छन्, ती अनारका बगैंचामा फल फलेझैँ सप्रन्छन् र असल फलहरू फल्दछन्। नङमा लाउने रङ्ग, जटामसी, केशर, बोझो, दालचीनी र हरेक प्रकारको धूपको केही कमी छैन। त्यहाँ मूर्र र घिउ-कुमारी, सबै किसिमका सुगन्धित बोटहरूसमेत उम्रन्छन्।
श्रेष्ठगीत 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 4:8-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू