यूहन्नालाई भएको प्रकाश 22:3-10

यूहन्नालाई भएको प्रकाश 22:3-10 NERV

परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडा़को पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्। त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।” “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।” म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरू सुनें अनि देखें। यी कुराहरू सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरू देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ। तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिम्रो भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हुँ। म अरू मानिसहरू जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!” तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ।