परमेश्वरले श्राप दिनुभएको कुनै कुरा त्यो सहरमा पाइँदैन। परमेश्वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्नेछन्। तिनीहरूले परमेश्वरको अनुहार देख्छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। अनि त्यहाँ कहिले पनि रातपर्नेछैन, त्यहाँ बत्ती र घामको उज्यालोको खाँचोपर्नेछैन किनभने प्रभु परमेश्वर नै उनीहरूको उज्यालो हुनुहुनेछ र उनीहरूले सदासर्वदा राज गर्नेछन्। यसपछि स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। अगमवक्ताहरूलाई पवित्र आत्मा दिनुहुने प्रभु परमेश्वरले आफ्ना सेवकहरूलाई यी चाँडै हुन आउने घटनाहरू देखाउन आफ्नो स्वर्गदूत पठाउनुभएको छ।” येशू भन्नुहुन्छ, “म चाँडै आउँछु। यो पुस्तकमा लेखिएका अगमवाणीका वचन मान्नेहरू धन्य हुन्।” म यूहन्नाले यी सबै कुरा सुनेको र देखेको छु अनि मैले तिनीहरूलाई देखें र सुनेपछि मलाई यी सबै कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न खोजें। तर उनले मलाई भने, “यसो नगर! मचाहिँ तिमी, तिम्रा दाजुभाइ अगमवक्ताहरू र यो पुस्तकको वचन मान्नेहरूजस्तै परमेश्वरको सेवक मात्र हुँ। परमेश्वरलाई नै दण्डवत् गरेर उहाँलाई आदर गर!” उनले अझै मलाई भने, “यी पुस्तकका अगमवाणीका वचनहरू लुकाइनराख किनभने यी सबै कुरा हुन आउने बेला नजिकै छ।
प्रकाश 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 22:3-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू