हितोपदेशको पुस्तक 27:18-27

हितोपदेशको पुस्तक 27:18-27 NERV

जसले अन्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ। जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ। जसरी चिहान कहिल्यै भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन। सुन र चाँदी आगोद्वारा जाँचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ। मूर्खलाई जाँतोमा पिँधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोड्दैन। तिमी निश्चित हौ की तिम्रो भेंडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ। सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन। जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ। तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेंडाहरूबाट खेत किन्न सक्ने छौ। बाख्राको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।