एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो। असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ। दुष्टताद्वारा कसैलाई पनि सुरक्षित बनाउनु सकिदैन, अनि धर्मी मानिसहरूको जरा उखाल्नु सकिंदैन। एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मक्काउँदै गरेका हड्डीहरू जस्तै हो। धर्मी मानिसहरूको योजनाहरू न्याय संगत हुन्छन्, तर दुष्टहरूको सल्लाह छलपूर्ण हुन्छन्। दुष्टहरूको शब्दहरू उपगोपनबाट आक्रमण भए झैं आउँछन्, तर ईमानदारीहरूको वचनले तिनीहरूलाई बचाउँछ। दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ। मानिसले आफ्नो असल बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ। प्रतिष्ठित व्याक्ति हुँ भनी बहना गर्नु तर प्रचुर मात्रमा खाना नहुनु भन्दा एउटा साधरण व्याक्ति भएर आफैंलाई आफ्नो सेवक बनाउँनु असल हो। एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ। आफ्नो खेतमा काम गर्ने कृषक सित प्रशस्त खाने चीज हुन्छ, तर बेकारमा समय नष्ट गर्ने मानिसको बुद्धि हुदैन। दुष्ट मानिस सधैँ दुष्टयाईँ कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ। दुष्ट मानिस आफ्नै खराब शब्दहरूका चंगुलमा फस्छ तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन। मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ।
हितोपदेशको पुस्तक 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेशको पुस्तक 12:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू