जसले ज्ञानलाई प्रेम गर्दछ, त्यसले आफ्ना दोष देखाइदिएको स्वीकार गर्दछ। भुल सुधार मन नपराउने मानिस मूर्ख हो। असल मानिसहरूसित परमप्रभु प्रसन्न हुनुहुन्छ तर दुष्ट युक्ति गर्नेहरूलाई उहाँले दोषी ठहराउनुहुन्छ। दुष्ट्याइँमा सुरक्षा छैन। तर धर्मीहरू दरिला भई खडा रहन्छन्। असल स्वास्नी उसको लोग्नेको गर्व र आनन्द हो तर लोग्नेलाई लाज पार्ने स्वास्नी उसको कुहेको हाडजस्तो हो। इमानदार मानिसहरूले न्यायपूर्ण व्यवहार गर्छन् तर दुष्टहरूले छल्न चाहन्छन्। दुष्टहरूको बोली प्राणघातक हुन्छ। तर धर्मीको बोलीले उनीहरूको उद्धार गर्दछ। दुष्टहरू नाश भएर जान्छन्, तिनीहरूको सन्तानसमेत रहँदैन तर धर्मीहरूको परिवार बाँचिरहन्छ। तिमी समझदार छौ भने प्रशंसा पाउनेछौ तर मूर्ख छौ भने मानिसहरूले तुच्छ ठान्नेछन्। आफूलाई उच्च देखाएर भोकभोकै बस्नुभन्दा सरल भई साधारण जीविकाको मेलो गर्नु असल हो। धर्मी मानिसले आफ्ना पशुहरूको हिफाजत गर्छ तर दुष्टहरू आफ्ना पशुहरूप्रति निष्ठुर हुन्छन्। मेहनत गर्ने किसानसित प्रशस्त खानेकुरा हुन्छ तर व्यर्थका काममा समय फाल्नु मूर्खता हो। दुष्टहरू दुष्ट्याइँ गर्न खोजिहिँड्छन् तर धर्मीहरू दरिला भई खडा रहन्छन्। दुष्ट मानिसलाई उसकै वचनले पासोमा फसाउँछ तर इमानदार मानिस दु:ख-कष्टबाट बाँच्दछ। तिम्रा वचन र कामअनुसार तिमीले इनाम पाउनेछौ। तिमी जे पाउन योग्य छौ, त्यही पाउनेछौ।
हितोपदेश 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 12:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू