गन्तीको पुस्तक 10:11-13
गन्तीको पुस्तक 10:11-13 NERV
मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो। यसकारण इस्राएलका मानिसहरूले सीनै मरुभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल अडियो। यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।

