गन्ती 10:11-13
गन्ती 10:11-13 NNRV
दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा गवाहीको मण्डपमाथिबाट बादल हट्यो। सीनैको उजाड़-स्थानबाट प्रस्थान गरेर इस्राएलीहरू ठाउँ-ठाउँमा गए, र पारानको मरुभूमिमा आइपुगेपछि बादल अड़ियो। पहिलो पटक मोशाद्वारा परमप्रभुले दिनुभएको आज्ञाअनुसार तिनीहरूले आफ्नो यात्रा सुरु गरे।

