तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे। तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए। ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैंलाई बचाउनु होस्।” यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन। यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे। मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो। ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?” त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।” तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पन्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।” तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो। जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफैं च्यातियो। सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”
मर्कूसको सुसमाचार 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूसको सुसमाचार 15:22-39
4 दिनहरू
हाम्रो "इस्टर नै क्रुस हो" डिजिटल अभियानको साथ इस्टरको वास्तविक भावना अनुभव गर्नुहोस्! यो विशेष कार्यक्रमले तपाईंलाई लूमो इस्टर फिल्म्सका प्रेरणादायी क्लिपहरू मार्फत येशूको कथा अन्वेषण गर्न आमन्त्रित गर्दछ, जसले व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दछ। येशूको जीवन, सेवकाई र अभिरुचिलाई हाइलाइट गर्ने सामग्री प्रस्तुत गर्दै, यो कार्यक्रम धेरै भाषाहरूमा प्रस्तुत गरिएको छ, जसले सबै पृष्ठभूमिका मानिसहरूलाई इस्टर सिजनभरि आशा र मुक्तिको सन्देश साझा गर्न एकसाथ ल्याउँदछ।
7 दिनहरू
हाम्रो "क्रिसमस तपाईको हृदयमा छ" डिजिटल अभियानको साथ क्रिसमसको वास्तविक भावनाको अनुभव लिनुहोस्! यस विशेष कार्यक्रमले तपाईंलाई व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी, र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै लुमो क्रिसमस फिल्मबाट प्रेरणादायी क्लिपहरू सहित येशूको कथा पत्ता लगाउन दिन्छ। धेरै भाषाहरूमा प्रस्ताव गरिएको, यसले सबै पृष्ठभूमिका मानिसहरूलाई सबै मौसमहरूमा यो रमाइलो अनुभव साझा गर्न एकसाथ ल्याउँछ।
8 दिनहरू
14 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू