मत्तीको सुसमाचार 1:6-16

मत्तीको सुसमाचार 1:6-16 NERV

यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।) सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए। आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए। ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए। एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए। योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएको थियो। तिनीहरूलाई बेबिलोनमा लगिएपछि: येकोनियास शालतिएका पिता थिए। शालतिएल जरूबाबेलका पिता थिए। जरूबाबेल अबिउदका पिता थिए। अबिउद एलियाकिमका पिता थिए। एलियाकिम आजोरका पिता थिए। आजोर सादोकका पिता थिए। सादोक आखिमका पिता थिए। आखिम एलिउदका पिता थिए। एलिउद एलियाजरका पिता थिए। एलियाजर मत्थानका पिता थिए। मत्थान याकूबका पिता थिए। याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट येशूको जन्म भयो।