मत्ती 1:6-16
मत्ती 1:6-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्नी थिइन्। सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता, उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता, योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्दी बनाएर लगिने समयअघि जन्मेका थिए। बेबिलोनमा बन्दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता, यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिउदका पिता, एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकूबका पिता थिए। याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन्।
मत्ती 1:6-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि यिशै राजा दावीदका पिता थिए। दावीद सोलोमनका पिता थिए; तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्, सोलोमन रहबामका पिता, रहबाम अबीयाहका पिता, अबीयाह आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता, उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता, अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए। बेबिलोनमा लगिएपछि: येकोनिया शालतिएलका पिता, शालतिएल यरुबाबेलका पिता, यरुबाबेल अबिहूदका पिता, अबिहूद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिहूदका पिता, एलिहूद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकोबका पिता, अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्ट भनिने येशूलाई जन्म दिइन्।
मत्ती 1:6-16 पवित्र बाइबल (NERV)
यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।) सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए। आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए। ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए। एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए। योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएको थियो। तिनीहरूलाई बेबिलोनमा लगिएपछि: येकोनियास शालतिएका पिता थिए। शालतिएल जरूबाबेलका पिता थिए। जरूबाबेल अबिउदका पिता थिए। अबिउद एलियाकिमका पिता थिए। एलियाकिम आजोरका पिता थिए। आजोर सादोकका पिता थिए। सादोक आखिमका पिता थिए। आखिम एलिउदका पिता थिए। एलिउद एलियाजरका पिता थिए। एलियाजर मत्थानका पिता थिए। मत्थान याकूबका पिता थिए। याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट येशूको जन्म भयो।
मत्ती 1:6-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
र यिशैका छोरा राजा दाऊद थिए। दाऊदका छोरा सोलोमन थिए। तिनकी आमा उरियाहकी स्वास्नी थिइन्। सोलोमनका छोरा रहबाम, रहबामका छोरा अबिया, अबियाका छोरा आसा, आसाका छोरा यहोशापात, यहोशापातका छोरा यहोराम, यहोरामका छोरा उज्जियाह, उज्जियाहका छोरा योताम, योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, हिजकियाका छोरा मनश्शे, मनश्शेका छोरा आमोन र आमोनका छोरा योशियाह थिए। बेबिलोन लगिने बेलामा योशियाहका छोरा यकोनियास र तिनका भाइहरू जन्मे। बेबिलोनमा लगिएपछि यकोनियासका छोरा शालतिएल जन्मे, शालतिएलका छोरा यरुबाबेल, यरुबाबेलका छोरा अबिउद, अबिउदका छोरा एल्याकीम, एल्याकीमका छोरा आजोर, आजोरका छोरा सादोक, सादोकका छोरा आखिम, आखिमका छोरा एलिउद, एलिउदका छोरा एलाजार, एलाजारका छोरा मत्तान, मत्तानका छोरा याकूब, र याकूबका छोरा योसेफ भए। योसेफचाहिँ येशू ख्रीष्टकी आमा मरियमका लोग्ने थिए। यिनै मरियमले ख्रीष्ट भनिने येशूलाई जन्माइन्।