तिनीहरू गेरूथ किम्हाममा भएको बेला, योहानान र होशायाहको छोरो याजन्याह यर्मिया अगमवक्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूलो दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए। ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौं तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं। यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।” तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।” तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँच्चो र विश्वासी साक्षी रहनु हुन्छ। हामी जान्दछौं परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्। परमप्रभुको आदेश चाहे हाम्रो हितमा होस् अथवा नहोस् हामी पालन गर्नेछौ ताकि जब हामी परमप्रभु हाम्रा परमेश्वरको सबै आदेश पालन गर्छौ सब कुरो हाम्रो हितमा हुनेछ। हामी तिमीलाई ती सन्देश लिनका लागि परमेश्वर कहाँ पठाई रहेछौं। तब असल कुराहरू हामी प्रति हुने छ। हो, हामी परमेश्वरको सारा कुराहरू पालन गर्ने नै छौं।” दश दिनको अन्त्यमा, यर्मियाकहाँ परमप्रभुबाट सन्देश आयो। तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके। तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायौ। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौ त्यही सोधें। परमप्रभु भन्नुहुन्छ ‘यदि तिमीहरू साँच्चै यस देशमा बस्छौं भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दु:खित छु। तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउँने छु। म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’
यर्मियाको पुस्तक 42 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मियाको पुस्तक 42:1-12
21 Days
Learn how best to pray, both from the prayers of the faithful and from the words of Jesus Himself. Find encouragement to keep taking your requests to God every day, with persistence and patience. Explore examples of empty, self righteous prayers, balanced against the pure prayers of those with clean hearts. Pray constantly.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू