यर्मियाको पुस्तक 2:1-13

यर्मियाको पुस्तक 2:1-13 NERV

परमेश्वरको यो सन्देश मकहाँ आयो: “जाऊ अनि यरूशलेमका मानिसहरूलाई यो सन्देश भन: “‘जब तिमीहरू युवा अवस्थामा थियौ, त्यस बेला तिमीहरूको म प्रति विश्वास अनि एउटी बेहुलीको झैं, म प्रतिको माया मलाई सम्झना छ। तिमीहरूले मलाई मरुभूमि भरि, र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ। इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए। तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए। अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए उनीहरूलाई दोषी साबित गरियो, अनि तिनीहरूमाथि कष्ट आइपर्यो।’” यो सन्देश परमेश्वरबाट आएको थियो। हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देश सुन। र इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन। परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो: “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए। तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो, र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुख्खा र उजाड भूमिमा डोर्याउनु भयो। परमप्रभुले हामीलाई अ न्घकार, र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन, र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, परमप्रभु कहाँ हुनुहुन्छ?’” परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले भरिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ। “पूजाहारीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ मानिसहरू जसले व्यवस्था जान्दछन्, मलाई जान्न चाहेनन्। इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए। अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे। तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।” परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु। समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ। कसैलाई केदारको भूमिमा पठाऊ। एकदमै होशियारी साथ हेर, कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि? के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर, महत्वहीन मूर्तिहरूलाई पूज्न थाले। “यस्ता कुराहरू घट्दा आकाशहरूलाई आघात होस्। भीषण भयले थर्थरियोस्।” यो सन्देश परमप्रभुबाट आएको थियो। “मेरा मानिसहरूले दुइवटा कु-कर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको स्रोत हुँ, अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।