यर्मिया 2:1-13
यर्मिया 2:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको यो वचन मकहाँ आयो: “जा, र यरूशलेमले सुन्ने गरी यसो भनेर घोषणा गर: ‘तेरो युवावस्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु, र कसरी तँ मेरो पछिपछि मरुभूमिमा हिँड़ेको थिइस्, त्यस बीउ नछरेको भूमिमा। इस्राएल आफ्ना परमप्रभुको निम्ति पवित्र थियो, त्यो उहाँको फसलको अगौटे फल थियो। त्यसलाई निल्नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्नुहुन्छ। हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन। परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्याए। तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याउनुभयो, र हामीहरूलाई उजाड़-स्थानमा डोर्याएर ल्याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्गा, पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन?’ मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्यायौ। ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ पूजाहारीहरूले भनेनन्। व्यवस्था सिकाउनेहरूले मलाई चिनेनन्, शासकहरू मेरा विरुद्धमा बागी भए। अगमवक्ताहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र व्यर्थैका मूर्तिहरूका पछि लागे। “यसैकारण म फेरि तिमीहरू र तिमीहरूका नातिनातिनाका विरुद्धमा दोष लगाउनेछु,” परमप्रभु भन्नुहुन्छ। कित्तीमका किनारमा गएर हेर, केदारमा दूतहरू पठाई नियालेर हेर, के यस्तो काम त्यहाँ कहिल्यै भएको रहेछ त? के कुनै जातिले आफ्ना देवताहरू बद्लिगरेका छन् र? (यद्यपि कुनै प्रकारले ती ईश्वर होइनन्।) तर मेरो प्रजाले त आफ्नो गौरव व्यर्थका मूर्तिहरूसित साट्यो। हे आकाशमण्डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्नुहुन्छ। “मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्।
यर्मिया 2:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको वचन मकहाँ आयो: “जा, र यरूशलेमका मानिसहरूले सुन्ने गरी घोषणा गर्: “याहवेह यसो भन्नुहुन्छ: “ ‘तेरो युवा अवस्थाको भक्ति म सम्झना गर्छु; कसरी तैँले एउटी दुलहीले झैँ मलाई प्रेम गर्थिस्; अनि बिउ नछरिएको भूमिमा, मलाई मरुभूमिमा पछ्याइस्। याहवेहका निम्ति इस्राएल पवित्र थियो; उहाँको फसलको पहिलो फल थियो; इस्राएललाई निल्नेहरू सबै दोषी ठहरिए; अनि तिनीहरूमाथि विपत्ति आइलाग्यो,’ ” याहवेह घोषणा गर्नुहुन्छ। हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो, याहवेहको वचन सुन। याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले ममा के दोष भेट्टाए, र तिनीहरू मबाट यति धेरै टाढा भए? तिनीहरू काम नलाग्ने मूर्तिहरूका पछि लागेर तिनीहरू आफैँ काम नलाग्ने भए। तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ? जसले हामीलाई इजिप्टबाट ल्याउनुभयो; र हामीलाई उजाडस्थानबाट मरुभूमिको ठाउँ र खाडलबाट, सुक्खा भूमि र घोर अन्धकार ठाउँबाट, कुनै मानिस नहिँडेको र कोही नबसेको देशबाट डोर्याउनुभयो?’ मैले तिमीहरूलाई मलिलो देशमा त्यसका फलहरू र असल उब्जनी खानका निम्ति ल्याएँ। तर तिमीहरू आयौ र मेरो देशलाई अशुद्ध पार्यौ; अनि मेरो उत्तराधिकारलाई घृणित बनायौ। पुजारीहरूले, ‘याहवेह कहाँ हुनुहुन्छ?’ भनी सोधेनन्; व्यवस्थाका काम गर्नेहरूले मलाई चिनेनन्; अगुवाहरूले मेरो विरुद्धमा विद्रोह गरे। काम नलाग्ने मूर्तिहरूका पछि लागेर, अगमवक्ताहरूले बाल-देवताको नाममा अगमवाणी गरे। “यसकारण म फेरि तिमीहरूको विरुद्धमा मुद्दा लगाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि म तिमीहरू, तिमीहरूका छोराछोरी र नातिनातिनाहरूका विरुद्धमा मुद्दा लगाउनेछु। कित्तीमको किनारपारि गएर हेर्, केदार मरुभूमिमा पठा, र ध्यानपूर्वक हेर्; त्यहाँ यस्तो कहिल्यै भएको छ कि छैन, सो पत्ता लगा: के कुनै राष्ट्रले आफ्ना देवी-देवताहरू बदली गरेका छन्? (यद्यपि तिनीहरू देवता नै होइनन्।) तर मेरो आफ्नै जातिले आफ्ना महिमित परमेश्वरलाई व्यर्थका मूर्तिहरूसित साटेका छन्। हे आकाशमण्डल हो, तिमीहरू यस कुरामा चकित होओ; अनि भयानक डरले थरथर काम,” याहवेह घोषणा गर्नुहुन्छ। “मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्: तिनीहरूले मलाई त्यागेका छन्, जिउँदो पानीको मूललाई; अनि तिनीहरूले पानी नअडिने आफ्नै कुवाहरू खनेका छन्।
यर्मिया 2:1-13 पवित्र बाइबल (NERV)
परमेश्वरको यो सन्देश मकहाँ आयो: “जाऊ अनि यरूशलेमका मानिसहरूलाई यो सन्देश भन: “‘जब तिमीहरू युवा अवस्थामा थियौ, त्यस बेला तिमीहरूको म प्रति विश्वास अनि एउटी बेहुलीको झैं, म प्रतिको माया मलाई सम्झना छ। तिमीहरूले मलाई मरुभूमि भरि, र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ। इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए। तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए। अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए उनीहरूलाई दोषी साबित गरियो, अनि तिनीहरूमाथि कष्ट आइपर्यो।’” यो सन्देश परमेश्वरबाट आएको थियो। हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देश सुन। र इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन। परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो: “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए। तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो, र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुख्खा र उजाड भूमिमा डोर्याउनु भयो। परमप्रभुले हामीलाई अ न्घकार, र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन, र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, परमप्रभु कहाँ हुनुहुन्छ?’” परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले भरिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ। “पूजाहारीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ मानिसहरू जसले व्यवस्था जान्दछन्, मलाई जान्न चाहेनन्। इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए। अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे। तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।” परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु। समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ। कसैलाई केदारको भूमिमा पठाऊ। एकदमै होशियारी साथ हेर, कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि? के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर, महत्वहीन मूर्तिहरूलाई पूज्न थाले। “यस्ता कुराहरू घट्दा आकाशहरूलाई आघात होस्। भीषण भयले थर्थरियोस्।” यो सन्देश परमप्रभुबाट आएको थियो। “मेरा मानिसहरूले दुइवटा कु-कर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको स्रोत हुँ, अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।
यर्मिया 2:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मलाई भन्नुभयो, “तैँले यो सन्देश यरूशलेममा भएका प्रत्येकलाई सुना: ‘ए इस्राएल, मलाई याद छ कि तेरो जवानी अवस्थामा तँ कति विश्वासयोग्य थिइस्, दुलहीले जस्तो तैँले कसरी मलाई प्रेम गर्थिस्।’ मरुभूमिमा, केही नउम्रने उजाड-स्थानमा तैँले मलाई पछ्याएर हिंड्थिस्। इस्राएल, तँ मेरो निम्ति पवित्र थिइस् र मलाई चढाएको कटनीको अगौटे फल थिइस्। तँलाई हानि गर्ने प्रत्येकलाई मैले कष्ट र विपत्ति पठाइदिएँ। म परमप्रभु बोलेको छु’।” हे याकूबका सन्तान, इस्राएलका सबै कुलहरू हो, परमप्रभुको सन्देश सुन। परमप्रभु भन्नुहुन्छ, “तेरा पुर्खाहरूले मेरा विरुद्धमा के दोष पाए? के कुरोले गर्दा तिनीहरू मबाट टाढा भए? तिनीहरूले बेकामका मूर्तिहरू पुजे र आफैं पनि बेकम्मा भए। मैले तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ। उजाड-भूमिमा, मरुभूमि र बालुवाका ढिस्कै-ढिस्का भएको, कसैले बास नगरेको, खुट्टाले पनि नटेकेको सुख्खा र जोखिमले भरिएको देशका बीचबाट मैले तिनीहरूलाई डोर्याएर ल्याएँ र पनि तिनीहरूले मेरो केही वास्ता गरेनन्। मैले तिनीहरूलाई एउटा मलिलो भूमिमा त्यसका अन्नबाली र अरू असल-असल कुराहरू खाऊन् भनी ल्याएँ। तर त्यसका सट्टामा तिनीहरूले मेरो भूमिलाई बिटुलो पारे र मैले तिनीहरूलाई दिएको देश अशुद्ध बनाए। पूजाहारीहरूले ‘परमप्रभु कहाँ हुनुहुन्छ’ भनेर पनि सोधेनन्? व्यवस्था सिकाउनेहरू आफैंले पनि मलाई चिनेनन्। शासकहरूले पनि मसित विद्रोह गरे। अगमवक्ताहरूले चाहिँ बाल-देवताका नाममा अगमवाणी बोले र काम नलाग्ने मूर्तिहरूको पूजा गरे। यसकारण, “म परमप्रभु मेरा प्रजाको विरुद्धमा आफ्नो मुद्दा फेरि सुनाउँदछु, म तिनीहरूका सन्तान-सन्तानका विरुद्धमा मुद्दा ल्याउनेछु। पश्चिमतिर साइप्रस टापुमा हेर्न जाऊन्, पूर्वतिर केदार देशमा कसैलाई खोजी गर्न पठाऊन्, यस्तो कुरो अघि कहिल्यै पनि भएको देख्नेछैनौ। अरू कुनै जातिले आफ्ना देवताहरू कहिल्यै बदलेका छैनन्, यद्यपि ती देवताहरू साँचा ईश्वरहरू होइनन्। तर मेरा प्रजाले मलाई त्यस्ता देवताहरूसित साटे, तिनीहरूले आफ्नो महिमा ती बेकामको देवताहरूसित साटे। यसकारण हे आकाश मण्डल, थरथरी होओ, भयभीत होओ, चकित होओ किनभने मेरा प्रजाले दुई वटा पाप गरेका छन्: म जीवन दिने पानीका फोहोराबाट टाढा भएका छन् र आफ्नो निम्ति चुहुने फुटेको पानी कुण्ड बनाएका छन्।