राजाले तिनीहरूलाई भने। “नियम, अनुसार रानी वश्तीलाई के गर्ने? किनभने राजा अहासूरसले नपुसकहरू मार्फत जे आदेश दिए त्यो रानीले पालन गरिनन्?” अनि ममूकानले राजा अनि अधीकारीहरूको समक्ष भने, “रानी वश्तीले राजा प्रति मात्र होइन सबै अधिकारीहरू अनि राजा अहासूरसका प्रदेशहरूमा बस्ने सबै मानिसहरू प्रति अनादर गरेकीछन्। किनकि रानी को अनादर सबै स्त्रीहरूमा पुगेकोछ, कि तिनीहरूले पनि खुल्लम-खुल्ला आफ्ना पतिहरूलाई तिरस्कार गर्न सक्छन्। हरेक स्त्रीहरूले भन्नेछन्, ‘जब राजा अहासूरसले रानी वश्तीलाई तिनको समक्ष आउनु भने तर तिनी आइनन्।’” “आज, रानीले के गरिन् फारस र मादी अधिकारीहरूका पत्नीहरूले सुने अनि तिनीहरूले आफ्ना पतिहरूसित राजाका अधिकारीहरूले त्यही व्यवहार गरे तिनीहरूमा धेरै अपमान र क्रोध हुनेछ। “यदि राजालाई राम्रो लाग्छ भने, उहाँबाट आदेश जारी होस् अनि यसलाई फारस र मादीहरूको व्यवस्थाको, नियममा लेखियोस्। यसको उलंघन नहोस्। आज्ञापत्रले यो घोषणागर्नुपर्छ कि वश्ती फेरि पनि राजा अहासूरसको अघि आउनुहुँदैन। तिनको रानीको अधिकार पनि अन्य स्त्रीलाई दिनु पर्छ। जो तिनी भन्दा सुन्दर छिन्। राजाले जे हुकुम दिन्छन् विशाल राज्यले सुन्नेछ अनि सामाजिक स्तरमा ठूला या सानाका पत्नीहरूले सम्मान गर्नेछन्।”
एस्तरको पुस्तक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तरको पुस्तक 1:15-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू