राजाले उनीहरूलाई सोधे, “नपुंसकद्वारा दिइएको राजा अहासूरसको हुकुम इन्कार गरेकोमा रानी वश्तीलाई कस्तो व्यवहार गर्नुपर्छ? कानूनले के भन्छ?” तब ममूकानले राजा र भारदारहरूका सामुन्ने यो जवाफ दिए: “रानी वश्तीले केवल राजाको मात्र होइन तर राजा अहासूरसका सारा प्रान्तका सबै भारदारहरू र मानिसहरूको अनादर गर्नुभयो। रानीले गर्नुभएको काम सबै स्त्रीले थाहा पाउनेछन्, र त्यसले गर्दा तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठान्नेछन्। तिनीहरूले यसो भन्नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई आफ्नो सामु ल्याउन हुकुम गर्नुभएको थियो, तर उहाँ आउनुभएन’। रानीका व्यवहारको विषयमा सुन्ने फारस र मादीका ठूला घरानाका स्त्रीहरूले राजाका सबै भारदारहरूसित आजका दिनको कुरा गर्नेछन्, र यसले गर्दा अनादर र अशिष्टताको सीमा रहनेछैन। “यदि हजूरको इच्छा भए ‘वश्तीले फेरि कहिल्यै राजा अहासूरसको सामुन्ने देखा पर्न नपाऊन्’ भन्ने हजूरबाट एउटा राजकीय उर्दी निकालिबक्सिओस् र त्यो फरिसी र मादीहरूको ऐनमा कहिल्यै रद्द नहुने गरी लेखिओस्। अनि राजाले उहाँको सट्टामा उहाँभन्दा अझै योग्यकी स्त्रीलाई रानीको स्थान दिइबक्सिओस्। यसरी जब यो राजकीय उर्दी राज्यको चारैतिर सुनिन्छ, तब ठूला र साना दर्जाका सबै स्त्रीहरूले आफ्ना पतिहरूको आदर गर्नेछन्।”
एस्तर 1 पढ्नुहोस्
सुन्नुहोस् एस्तर 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 1:15-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू