कलस्सीहरूलाई पावलको पत्र 1:24-27
कलस्सीहरूलाई पावलको पत्र 1:24-27 NERV
तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु। म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो। यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ। त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।

