कलस्सी 1:24-27
कलस्सी 1:24-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्द मनाउँदछु, र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु। तिमीहरूका खातिर मलाई दिइएको ईश्वरीय कार्यअनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ— युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान् छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।
कलस्सी 1:24-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब तिमीहरूका निम्ति कष्ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्टका कष्टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु। परमेश्वरले मलाई तिमीहरूकहाँ सम्पूर्ण रूपमा वचन प्रस्तुत गर्न भनेर, उहाँको आज्ञाअनुसार म त्यस मण्डलीको सेवक बनाइएको छु— अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ। यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्वरले तिनीहरूलाई चुन्नुभएको छ।
कलस्सी 1:24-27 पवित्र बाइबल (NERV)
तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु। म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो। यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ। त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।
कलस्सी 1:24-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस बेला म तिमीहरूका लागि दु:ख भोग्न खुसी छु किनभने ख्रीष्टको शरीर मण्डलीको लागि उहाँको बाँकी रहेको दु:ख कष्ट मेरो शरीरमा भोगेर पूरा गर्छु। परमेश्वरले नै मलाई मण्डलीको सेवक बनाउनुभयो र तिमीहरूकै भलाइको लागि उहाँको शिक्षा पूरासँग सुनाउने कामको जिम्मा दिनुभयो। यो शिक्षा युग-युग र पुस्तौंदेखि कसैले बुझ्न नसकेको रहस्यको कुरो थियो। अब उहाँले ख्रीष्टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ। तिनीहरूलाई सबै मानिसहरूका निम्ति राखिएको ठूलो रहस्यको कुरा खोलिदिने परमेश्वरको योजना हो। रहस्यको कुराचाहिँ यही हो, ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ। यसको अर्थ हो— तिमीहरू परमेश्वरको सम्मान्को सहभागी हुनेछौ।