परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरूले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने तिनीहरूले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरू आफ्ना बाबुहरूले मानेका झूटो देवताहरूलाई मानेर पथ-भ्रष्ट भएकाछन्। यसैकारण म यहूदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यरूशलेमको किल्लाहरूलाई खरानिमा परिणत गर्नेछ।” परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरूले गरेका विभिन्न अपराधहरूका निम्ति दण्ड दिनेछु। किनकि तिनीहरूले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे। तिनीहरूले ती गरीब मानिसहरूलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्। तिनीहरूले गरीब मानिसबाट उनीहरूको लुगा बन्धक लिए अनि ती लुगाहरू तिनिहरूले मूर्ति आराधना गर्दा लगाए। तिनीहरूले मानिसहरूलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरूले दाखरस किने र तिनीहरूका देव-मन्दिरमा पिए। “तर मैले एमोरीहरूलाई तिनीहरूको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरू माथिदेखि र त्यसका जरा तलै सम्म नष्ट गरिदिएँ। “मैले तिमीहरूलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरुभूमिका उजाड स्थानहरूमा चालीस बर्ष सम्म डोर्याएँ। मैले तिमीहरूलाई एमोरीहरूको भूमिदिएँ। मैले तिमीहरूका कतिपय नानीहरूलाई अगमबक्ताहरू बनाएँ। अनि मैले कतिपय युवकहरूलाई नाजिरीहरू बानाएँ। हे इस्राएलीहरू हो! के योकुरा सत्य होइन?” परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरूले नाजिरीहरूलाई दाखरस खुवायौ। तिमीहरूले अगमबक्ताहरूलाई अगमवाणी गर्न रोक लगायौ। हेर, म तिमीहरूलाई अन्नले ठेलागाडी लादिए झैं दबाउनेछु। कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन। धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सक्ने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन। परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।” परमप्रभुले यो कुरा भन्नु भयो।
आमोसको पुस्तक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: आमोसको पुस्तक 2:4-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू